Monday, October 4, 2010

जलवायु परिवर्तनका मुद्दामा भारत नेपालसंग सहकार्य गर्न तयारः भारतीय वातावरणमन्त्री रामेश

काठमाडौ, आश्विन १८ - भारतका वातावरण तथा वनमन्त्री श्रीजयराम रामेशले जलवायु परिवर्तनका मुद्दामा नेपाल लगायतका कम विकसित मुलकसंग भारत सहकार्य गर्न तयार रहेको बताएका छन् । सोमबार राजधानीमा अन्तराष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) द्वारा आयोजित कार्यक्रममा उनले नेपाल, भुटान, माल्दिभ्स लगायतका मुलुक जलवायु परिवर्तनको जोखिममा परेकाले त्यसको असर न्यून गर्न भारत तयार रहेको बताए । More details...